कैलाली। कैलालीको गोदावरी होटेल ब्यबसायी संघले ठेला ब्यबसायीहरुको उचित ब्यबस्थापनको माग गरेको छ । होटेल ब्यबसायी संघले आज गोदावरी नगरपालिकाका मेयर ,वडा नम्बर १ र २ का वडा अध्यक्षलाई ज्ञापन पत्र बुझाउँदै ठेला ब्यबसायीको उचित ब्यबस्थापन गर्न माग गरेको हो। संघकी अध्यक्ष धना देबी चोखालले ठेला ब्यबसायीहरुका कारण होटेल ब्यबसायीलाई समेत मार परेको बताईन।
ठेला ब्यबसायीको कारण सडकमा ट्राफिक ब्यबस्थापनको समस्या, गाडीहरुको दुर्घटनाको जोखिम पनि उत्तिकै रहेकाले यो समस्याको स्थायी समाधान खोजिनु पर्नेमा संघको जोड रहेको उनले बताईन। गोदावरी नगरपालिकाका निबर्तमान जन प्रतिनिधीहरुले अत्तरियामा रहेका ठुला सँख्याका ठेला ब्यबसायीहरुलाई हटाएको थियो।
त्यसपछि अत्तरिया बजारमा ठेलाको सँख्या न्युन रहेका ब्यबसायी फेरी ठुलो सँख्यामा बढेको बताउँदै ब्यवस्थापनको माग उठेको हो । बुधबार अत्तरियाका व्यवसायीहरुले गोदावरी नगरपालिका र अत्तरिया उद्योग बाणिज्य संघलाई बजारमा रहेको ठेलागाडा, फुटपाथ व्यवसायीलाई व्यवस्थित गरिदिन माग गरेका थिए । मेयर बिरेन्द्र भट्टले यस समस्या समाधानका लागी पहल चाल्ने बताएका छन् ।