कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । बुधबार कञ्चनपुरको वेदकोट नगरपालिका १० मा म २ प ७२८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक बेलौरी नगरपालिका २ गोकुलपुरका अन्दाजी ४५ वर्षीय मंगल राना र पछाडि सवार मानबहादुर राना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घाइते दुवैजनालाई उपचारका लागि महाकाली अस्पताल लगिएकोमा थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए।