धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना भएका छन् । मुख्यमन्त्री भट्टका प्रमुख स्वकिय सचिव शिव ओलीका अनुसार भट्टको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि भट्टलाई बुधबार धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना भएका हुन्। उनको स्वास्थ्य परीक्षण भइरहेको बताइएको छ।