धनगढी सुदूरपश्चिममा एक वर्षको अवधिमा १३ सय बढी मानिस हराएका छन्। प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका अनुसार आर्थिक बर्ष २०७८/०७९ मा एक हजार ३ सय ३० जना हराएका छन् । यसमा सबैभन्दा बढी ७७० महिला रहेका छन् । यसपछि ३२४ जना बालिका हराएका छन्। त्यस्तै, १८४ जना बालक, ३८ जना पुरुष र १४ जना ज्येष्ठ नागरिक बेपत्ता भएका छन्।
प्रदेश प्रहरी कार्यालयले दिएको तत्थ्याकं अनुसार कैलालीबाट मात्रै ५५७ जना, हराएका मध्ये ३४८ जना महिला, १३८ बालिका, ६९ बालक र २ जना ज्येष्ठ नागरिक छन्।
कञ्चनपुरबाट ३४६ जना हराउका छन् ति मध्ये १९७ जना महिला, बालिका ९६ जना, बालक ४५ र ज्येष्ठ नागरिक ८ जना छन् ।
दार्चुलामा महिला ३४, बालिका २२, पुरुष र बालक ११र११ जना गरी ७८ जना हराएका छन् भने बेपत्ता ज्येष्ठ नागरिकको संख्या शून्य छ। अछामका ३२ जना महिला, २४ बालिका, १४ बालक, पुरुष ३ र एक जना ज्येष्ठ नागरिक गरी ७४ जना हराएका छन् । बाजुराका २३ जना महिला, २१ बालक, १५ बालिका र १३ जना परुष गरी ७२ जना बेपत्ता छन्।
बझाङका ४० महिला, १२ बालक, ८ बालिका र ३ जना ज्येष्ठ नागरिक गरी ६३ जना हराएका छन् भने बेपत्ता पुरुषको संख्या शून्य छ। बैतडीका ३७ महिला, १४ बालिका, ६ बालक र ३ पुरुष गरी ६० जना हराएका छन्। डडेल्धुराका ३६ जना महिला, ५ पुरुष, ५ बालक र २ जना बालिका गरी ३८ जना हराएका छन्। डोटी जिल्लाका २३ जना महिला, ५ बालिका, ३ पुरुष र एक जना बालक बेपत्ता छन्।
हराएकाहरुमध्ये १ हजार २५ जना फेला परेका छन्। जसमा ५५४ जना महिला, बालिका २७३ जना, बालक १६० जना, पुरुष २९ जना र ज्येष्ठ नागरिक ९ जना फेला परेका छन्। कैलालीका ४४६ जना, कञ्चनपुरका २३३, दार्चुलाका ७५, अछामका ७०, बझाङका ५८, बाजुराका ५७, डडेल्धुराका ४२, बैतडीका ३३ र डोटीका ११ जना फेला परेका हुन्।