धनगढी : सुदूरपश्चिम प्रदेश पोल्ट्री उत्पादनमा आत्मनिर्भर रहेकोमा सिमा क्षेत्रमा कुखुरा तस्करी मौलाएसँगै पोल्ट्री व्यवसाय निकै प्रभावित बन्दै गएका छन् । सुदूरपश्चिमका नाका हुँदै भारतबाट खुलेआम रुपमा कुखुरा तस्करी हुने क्रम जारी नै रहेको छ। भारतबाट कुखुरा ल्याउन बन्देज गरिएको भएपनि पछिल्लो समय खुलेआम रुपमा कुखुरा तस्करी हुदै आएको छ ।
यसरी दिनहुँ अवैध रुपमा कुखुराहरू भित्रिने क्रम जारी रहेकामा प्रदेशका किसानहरू निकै प्रभावित बनेका छन्।कैलाली र कञ्चनपुरसँग जोडिएको भारतीय क्षेत्रबाट मात्रै भईरहेको अवैध कुखुराको तस्करीका कारण सुदूरपश्चिमबाट झन्डै १५ हजार किसानहरू पेशाबाट पलायन हुने जोखिम देखिएको सुदूरपश्चिम प्रदेश पोल्ट्री उत्पादनले जनाएको छ।कैलाली र कञ्चनपुर सीमा क्षेत्रबाट खुलेआम कुखुरा तस्करी हुँदा समेत सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले कुनै चासो नै नदिएको व्यवसायीले गुनासो गरेका छन् ।
यसरी कुनै चासो नै नदेखाएपछि दिनहुँ सिमा क्षेत्रबाट खुलेआम कुखुरा तस्करी हने गरेकोमा सुरक्षा निकायको आडमै तस्करी हुने गरेको आशंका व्यवसायीहरूले गरेका छन् ।

