धनगढी : अत्तरियाबाट बाघको छाला सहित ४ जना पक्राउ परेका छन् । बाघको छाला ओसार पोसार भइरहेको बिषेश सुचनाका आधारमा आर आइ टी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका २ तेघरीबाट बाघको छाला सहित ४ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक तथा प्रवक्ता बेद प्रकाश जोशीका अनुसार बुडरबाट धनगढीतर्फ आइहेको सु.प प्रदेश ०४००१ च ०००६ नम्बरको बोलेरो जिपबाट राती सवा १२ बजेतिर बाघको छाला सहित ४ जनालाई पक्राउ गरिएको हो । बोलेरो जिपलाई रोक्न खोज्दा तत्काल नरोकेकाले शंका लागी पिछा गरी हेर्दा बाघको छाला भेटिएको जोशीले बताए ।
पक्राउ पर्नेमा सुपप्र ०४–००१ च ०००६ नम्बरको बोलेरो चालक डोटी जोरायल गाउँपालिका–२ का समिर ओली, गाडीमा सवार कैलाली चुरे गाउँपालिका–६ का टेकबहादुर रावत, धिरेन्द्र रावत र बैतडी डिलासैन गाउँपालिका–२ का राजेन्द्र सिंह भण्डारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेशप्रकाश जोशीका अनुसार उनीहरुको साथबाट बाघको छाला र २ किलो बाघको हड्डी बरामद भएको छ। पक्राउ परेका सबैलाई थप कारवाहीका लागि जिल्ला वन कार्यालय कैलाली पठाइने प्रहरीले जनाएको छ।