धनगढी : कान्तिपुर फिल्म एकेडेमीले बनाएको चलचित्र ‘म’ साउन २० गतेदेखी देशभर प्रदर्शन हुन लागेको छ ।
देशभरका फ्लिम हलमा प्रदर्शन हुने म चलचित्रको प्रचार प्रसारमा टिम जुटेको छ । चलचित्रको निर्देशक टिम मध्येका एक जनक सिहंले यो चलचित्र अरुभन्दा फरक कथा समेटिएका कारण दर्शकहरुले धेरै रुचाउने बताए । डेढ करोड बढी लागतमा निर्माण भएको चलचित्रले लगानीभन्दा बढी आम्दानी गर्ने अपेक्षा लिइएको छ ।
यस चलचित्रमा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का, संजोग रसाइली, पुनम श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । कलाकारद्वय रसाईली र श्रेष्ठ सोहि एकेडेमीका विद्यार्थी हुन् । चलचित्रका निर्माता बिमला हुमागाईं र पदम पुरी हुन् । तेन्जीङ्ग पाल्देनको छायांकन रहेको यस चलचित्रको सम्पादन बनिस शाहले गरेका छन् । फिल्म पढाउने एकेडेमीले पहिलो पटक निर्माण गरेको र सफल चलचित्र ‘सुनगाभा’ फेम्ड निर्देशक सुवर्ण थापाले निर्देशन गरेका कारण ‘म’मा केहि नयाँ हुने अनुमान गरिएको छ ।