कैलाली। कैलालीमा बाघले आतंक मच्चाउन थालेको छ। कैलालीको मोहन्यालमा बाघले एकैदिन २१ बाख्रा मारेको छ । मोहन्याल गाउँपालिकाको –४ पानी खोला जङ्गलमा बाधले स्थानीयका २१ बाख्रा मारेको हो।
कुइने मिजा टोलका जङ्गल चराउन लगेका बाख्रा बाघले मारेको स्थानीयले बताएका छन्। डिआर एकीकृत कृषि फर्म धर्मराज सोनिका १० वटा, नबिन बडुवालका ८, बिटालु बोगटीका २, साबित्रा बडुवालको १ बाख्रा गरि २१ बाख्रा बाघले मारेको स्थानीयले बताएका छन्।