कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले रवि लामिछानेको नेतृत्वमा घोषित राष्ट्रिय स्वतन्त्र पार्टीको सुदूरपश्चिम प्रदेश भेलालाई सम्बोधन गरेका छन् ।
शनिबार कैलालीको धनगढीमा आयोजना भएको भेलालाई मेयर हमालले सम्बोधन गरेका हुन् । प्रदेश भेलामा बोल्दै मेयर हमालले देश परिवर्तन गराएर आउने पुस्ताको जिम्मा लगाउने अभियानमा सफलताका लागि कामना गरे ।
स्वतन्त्र रुपमा उम्मेदवार खडा गर्नका लागि अभियानका रुपमा अगाडि बढ्नुपर्ने पनि मेयर हमालको सुझाव थियो । ‘समस्या नेताहरुमा छैन,’ उनले भने, ‘समस्या मतदातामा छ । जबसम्म मतदाता स्वतन्त्र हुँदैन तबसम्म सबै सम्भावना अधुरा हुन्छन् । सबैभन्दा पहिले जनता स्वतन्त्र हुनुपर्छ ।’


