धनगढी : अखिल नेपाल यातायात मजदुर संघ सुदुरपस्चिम प्रदेश अध्यक्षमा वेद प्रसाद शेरचन चयन भएका छन् । अखिल नेपाल यातायात मजदुर संघ सुदुरपस्चिम प्रदेशको दोश्रो सम्मेलनबाट शेरचनको अध्यक्षतामा २५ सदस्यीय प्रदेश समिति चयन गरिएको हो ।
संघका प्रदेश अध्यक्ष ललित मल्लको अध्यक्षतामा आयोजित दोश्रो भेलामाअखिल नेपाल ट्रेड युनियन महासंघ सुदूरपश्चिमका इन्चार्ज तथा केन्द्रिय सचीव नरहरी नाथ योगि प्रमुख अतिथि रहेका थिए ।
अखिल नेपाल यातायात मजदुर संघ रास्ट्रीय सम्मेलन आयोजक कमिटिका संयोजक रामचन्द्र कार्की, कार्यलय सदस्य दिपक के।सी, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य द्वय जगदिश सेठ्ठी, बम ब कठायत, सुन्दर के. सी, आयोजक कमिटी सदस्य रमेश गुरुङ्ग, लगायतको आतिथ्यमा सम्पन्न कार्यक्रमले सडक सुरक्षा, सडक दुर्घटना न्यूनीकरण, यात्रु मैत्री सार्वजनिक यातायात, लगायत यातायात क्षेत्रमा देखिएका विभिन्न समस्याहरु को बारेमा जोड दिएको थियो ।