अछाम। अछाममा श्रीमानले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् । बुधबार राती पन्चदेवल बिनायक नगरपालिका–७ पुल्लेतोला दोम्सीगाडाका ४८ बर्षिय पहिलु बिकले बन्चरो प्रहार गरी ४५ बर्षीय श्रीमती मन्ना बिकको हत्या गरेका हुन्।
श्रीमतीको हत्या गरी श्रीमान भागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरी निरीक्षक भास्कर चन्दका अनुसार घटना हिजो भएपनी प्रहरीलाई आज बिहान मात्रै जानकारी भएको हो। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरिएको बताउँदै यस सम्बन्धमा थप अनुसन्धान गरिने जानकारी दिएका छन् ।