कैलाली। कैलालीको अत्तरियामा मोटरसाइकल चालकले जेष्ठ नागरिकलाई ठक्कर दिई फरार भएका छन । कैलालीको अत्तरियास्थीत गोदावरी नगरपालिका-३ मा साईकलमा सवार ७२ बर्षिय नन्द राज भट्टराईलाई मोटरसाइकलले ठक्कर दिएको दिएको थियो। पुर्व पश्चिम राजमार्ग अन्तरगत चौकिडाँडामा बुधबार साँझ साढे ७ बजे सुपप्र ०१००८ प ६६११ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ भट्टराई घाइते भएका छन ।
स्थानीय मोहन भट्टराइले ठक्कर पछि भट्टराई सडक किनारामा ढलेको बताए। उनले ठक्कर दिने मोटरसाइकलको फोटो खिचेको भएपनि त्यसपछि मोटरसाइकल फरार भएको बताए। मैले पहिले ठक्कर दिने मोटरसाइकलको फोटो खिचे र पछि वहाँलाई उठाएर अस्पताल ल्याए’ उनले भने ‘घटनास्थलमा मोटरसाइकल चालकले म पनि अस्पतालमा आउन्छु भन्यो। पछि बिचबाटोबाट मोटरसाइकल फरार भयो ।’ प्रहरी भने घटना पछि अस्पतालमा आएर मुचुल्का लिएको थियो। इलाका प्रहरी कार्यालय मालाखेतीले मोटरसाइकलको खोजी कार्य जारी रहेको जनाएको छ। घाइते भट्टराईको बायाँ हात र कम्मरमा चोट लागेको छ। उनको अहिले अत्तरियामा रहेको अत्तरिया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।