कैलाली। न्यायपरिषदले एकैपटक सुदुरपश्चिमका १० सहित २२४ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ । मंगलबारको परिषद बैठकले जिल्ला अदालतका २१ जना न्यायाधीशका लागि ६३ जनाको सूची पनि सार्वजनिक गरेको छ। अब सर्वसाधारणले उनीहरुका विषयमा कुनै गुनासो वा उजुरी दिन पाउनेछन् ।
न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्डमा न्यायाधीशका लागि सूची सार्वजनिक गर्नुपर्ने र उजुरी वा गुनासो भए लिनुपर्ने व्यवस्था छ। त्यसैगरी उच्च अदालतमा रिक्त २७ जना न्यायाधीश नियुक्तिका लागि सूचना प्रकाशित गर्ने निर्णय पनि भएको न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । जिल्ला अदालत कैलालीमा कार्यरत जयानन्द पनेरुलाई बैतडी जिल्ला अदालतमा सरुवा भएका छन्। यस्तै, काठमाडौंका न्यायाधिश ओम प्रकाश अर्याललाई जिल्ला अदालत कैलालीमा सरुवा गरिएको छ। जिल्ला अदालत डडेल्धुरामा कार्यरत हरि प्रसाद शर्मा उपाध्याय पंगेनीलाइ जिल्ला न्यायाधिश महोत्तरी जिल्ला अदालतमा सरुवा भएका छन्।कैलाली जिल्ला अदालतमा कार्यरत न्यायाधिश बाबुकाजी बाँनियालाई हरि प्रसाद शर्मा उपाध्याय पंगेनीलाइ जिल्ला न्यायाधिश रोतहटमा जिल्ला अदालतमा सरुवा भएका छन्।
काठमाण्डौँ जिल्ला अदालतमा रहि काजमा दार्चुला जिल्ला अदालतमा कार्यरत न्यायाधिश कोमल प्रसाद आर्चायलाई जिल्ला न्यायाधिश मोरङमा जिल्ला अदालतमा सरुवा भएका छन्। रौतहट जिल्ला अदालतमा कार्यरत न्यायाधिश केशव कुमार पाण्डेलाई जिल्ला न्यायाधिश कैलाली जिल्ला अदालतमा, रुपन्देही जिल्ला अदालतमा कार्यरत पिताम्बर शर्मालाई जिल्ला न्यायाधिश अछाम जिल्ला अदालतमा, धनुषा जिल्ला अदालतमा रहि काजमा नवलपुर जिल्ला अदालतमा कार्यरत नन्दकिशोर प्रसाद यादवलाई जिल्ला न्यायाधिश बझाङ जिल्ला अदालतमा सरुवा भएका छन्। यस्तै,कञ्चनपुर जिल्ला अदालतमा कार्यरत न्यायाधिश शिवलाल पाण्डेलाई जिल्ला न्यायाधिश डोटी जिल्ला अदालतमा सरुवा भएका छन्। बाजुरा जिल्ला अदालतमा कार्यरत न्यायाधिश माधव प्रसाद घिमिरेलाई जिल्ला न्यायाधिश काठमाण्डौँ जिल्ला अदालतमा सरुवा भएका छन्।
यस्तै,अछाम जिल्ला अदालतमा कार्यरत न्यायाधिश नविन कुमार जोशीलाई जिल्ला न्यायाधिश सप्तरी जिल्ला अदालतमा,बर्दिया जिल्ला अदालतमा कार्यरत न्यायाधिश पदमराज पाण्डेयलाई जिल्ला न्यायाधिश कञ्चनपुर जिल्ला अदालतमा, कैलाली जिल्ला अदालतमा कार्यरत न्यायाधिश टेकराज जोशीलाई जिल्ला न्यायाधिश बर्दिया जिल्ला अदालतमा, बारा जिल्ला अदालतमा कार्यरत न्यायाधिश बालकृष्ण बाग्लेलाई जिल्ला न्यायाधिश डडेल्धुरा जिल्ला अदालतमा, बैतडी जिल्ला अदालतमा कार्यरत न्यायाधिश तिलक बहादुर कार्कीलाई जिल्ला न्यायाधिश रुपन्देही जिल्ला अदालतमा, नवलपरासी जिल्ला अदालतमा कार्यरत न्यायाधिश ढाकाराम पौडेललाई जिल्ला न्यायाधिश बाजुरा जिल्ला अदालतमा, बझाङ जिल्ला अदालतमा कार्यरत न्यायाधिश बिश्नु प्रसाद अवस्थीलाई जिल्ला न्यायाधिश कैलाली जिल्ला अदालतमा, कैलाली जिल्ला अदालतमा कार्यरत न्यायाधिश खेमराज भट्टलाई जिल्ला न्यायाधिश दार्चुला जिल्ला अदालतमा सरुवा भएका छन्।सूचीसहित 1658838228सरुवा जिल्ला न्यायाधीश २०७९।४।१०