दिनेश बिष्ट, धनगढी : पछिल्लो समय बिवाहपछि सम्बन्ध बिच्छेद गर्ने क्रम निकै बढेको छ। कैलाली जिल्लामा सम्बन्ध विच्छेदका मुद्दा अत्यधिक रहेको पाइएको छ। कैलाली जिल्ला अदालतका अनुसार पछिल्लो समय सम्बन्ध बिच्छेद गर्नेको संख्या निकै बढेको छ। घरायशी झै झगडा देखी, सामाजिक सञ्जालका कारण सम्बन्ध बिच्छेद गर्नेहरु बढेको पाइन्छ।
संगै जिउने मर्ने बाचा कसम खाएर बैवाहिक बन्धनमा बाँधिएका जोडिहरु दिन प्रतिदिन छुट्टिने क्रम निकै बढेको छ। बिवाह भएको थोरै समयमा सम्बन्ध बिच्छेद गर्न आउने जोडीहरु तमाम भेटिन्छन्। कैलाली जिल्ला अदालतमा सबै भन्दा बढी सम्बन्ध बिच्छेदकै लागी मुद्धाको चाङ छ। पछिल्लो बर्षहरुमा सम्बन्ध बिच्छेद गर्न आउनेहरुको संख्या झन बढ्दै गएको छ। जिल्ला अदालत कैलालीका श्रेस्तेदार राइभान कुन्जेडाका अनुसार आर्थिक बर्ष २०७६/७७ मा २ सय ४ मुद्धा सम्बन्ध बिच्छेदका लागी दर्ता भएका थिए, ति मध्ये १ सय ३ मुछा फछ्र्यौट भएका छन् । यस्तै आर्थिक बर्ष २०७७/७८ मा २ सय ५ मुद्धा दर्ता भएकोमा १ सय ३० मुद्धा फछ्र्यौट भएका छन्। २०७८/७९ मा मुद्धाको संख्या ह्वात्तै बढेको छ। सो आर्थिक बर्षमा ६ सय १० सम्बन्ध बिच्छेदका लागी मुद्धा दर्ता भए, ति मध्ये ३ सय ९५ मुद्धा फछ्र्यौट गरिएको जिल्ला अदालत कैलालीका श्रेस्तेदार कुन्जेडाले बताए ।
सम्बन्ध बिच्छेदका लागी अदालत पुग्ने घटनाहरूको प्रकृति हेर्दा कयौँ घटनामा श्रीमान् विदेश जाँदा श्रीमती परपुरुषसँग लाग्ने, विदेशबाट पठाएको पैसा खर्च गरिदिने, श्रीमानले मादक पदार्थ सेवन गरी झैँ झगडा गर्ने जस्ता कारणले सम्बन्ध विच्छेदका मुद्दा बढी आउने गरेका छन् । जिल्ला अदालत कैलालीका प्रमुख न्यायाधिश जयानन्द पनेरुका अनुसार सम्बन्ध बिच्छेदमा श्रीमती तथा बालबच्चाहरुलाई पिट्ने र यी घटना बढ्नुमा सामाजिक सञ्जालको दुरुपयोग पनि देखिएका छन्। केटा पैँसा कमाउन बिदेश हुने बिदेशबाट पठाएको पैँसा सहित लगेर श्रीमती याँ अर्कैसंग लाग्ने कारणपनि सम्बन्ध बिच्छेद बढेका छन् प्रमुख न्यायाधिश पनेरुले भने “केही घटना श्रीमान मादकपदार्थ सेवन गर्ने, जुवातास खेल्ने, कुटपिट गर्ने र एकदमै पिडा दिएका कारणपनि भएका छन् ।”
बढी जसो सम्बन्ध बिच्छेदका मुद्धा फेसबुक सामाजिक सञ्जालका कारण भएका छन् उनले भने “सामाजिक सञ्जालबाट जहाँसुकै भएको मान्छेसंग कुराकानी हुने र यसले अबैध सम्बन्ध समेत शुरु हुँदा सम्बन्ध बिच्छेद भएको हामीले पाएका छौँ ।” सम्बन्ध बिच्छेदको यो ग्राफ हेर्दा भविश्यमा झन बढ्ने आंकलन गरिएको छ। बिवाहको सम्बन्ध दुई जना बिच मात्रै भएपनि यसले इस्टमित्र र आफन्तजन तथा हुर्किने छोराछोरीमा निकै प्रभाव पार्ने कानुन ब्यवसायी बताउँछन्। सम्बन्ध बिच्छेदका लागी अदालत पुग्नेहरुमा अधिकाशं प्रेम बिवाह गरेका जोडी देखिने कानुन ब्यवसायी हिमालय बिक्रम बिष्ट बताउँछन् ।
सामान्य बादविबादकै कारणपनि सम्बन्ध बिच्छेद गर्न पुग्ने जोडीहरुका लागी सचेतना आवश्यक रहेको उनको भनाई छ। अहिले सम्बन्ध बिच्छेद गराउन आउनेहरु हेर्दा केही आर्थिक कारणपनि देखिएका छन् श्रीमानले श्रीमतीको आवश्यकता पुर्ती गर्न नसकेका कारणपनि सम्बन्ध बिच्छेद गर्न आउने देखिएका छन् कानुन ब्यवसायी बिष्टले भने “श्रीमान बैदेशिक रोजगारीमा हुँदा श्रीमतीले अर्कैसंग सम्बन्ध बनाएरपनि सम्बन्ध बिच्छेद भएका छन्, श्रीमान/श्रीमतीले बाहिर अबैध सम्बन्ध बनाउँदापनि छुट्टिनुपर्ने अवस्था देखिएको छ ।”
बढ्दो शहरीकरणलेपनि सम्बन्ध बिच्छेद बढेका छन् बिष्टले भने “आवश्यकता बढे र श्रीमानले ति आवश्यक्ता पुरा गर्न सकेनन्, धेरै यौन इच्छानै पुर्ती गर्न नसकेर सम्बन्ध बिग्रेका छन्, शन्तान नभएकै कारण पनि छन् ।” यसरी सम्बन्ध बिच्छेद बढ्नु राम्रो कुरा होइन उनले भने “यस बारे जनचेतना दिन आवश्यक छ सानो कुरामा आपशी बैमनुश्यता कम गर्न ब्यवहारिक र आध्यात्मिक ज्ञान आवश्यक छ, जनजिवन सामान्य बनाउने खालका कार्यक्रम ल्याउन सकिन्छ।”
कानुन ब्यवसायीले पनि सकेसम्म सम्बन्ध मिलाउने प्रयाश गर्ने हो बिष्टले भने “सम्बन्ध बिच्छेद हुँदा श्रीमान श्रीमती मात्रै हुँदैनन उहाँहरुसंग बालबच्चा, परिवार र समाज जोडिएको हुन्छ यसले नराम्रो अशर पार्छ यस कारण छुट्याउनुभन्दा मिलाउनका लागी प्रेरणा दिनुपर्छ ।” परिवार बिग्रिन नदिन गलत काम नगर्न र सामान्य बिवादमै सम्बन्ध बिच्छेदका निर्णय नलिन उनले आग्रह गरे ।
कैलाली जिल्लामा मात्रै नभई देशभरीमै अहिले सम्बन्ध बिच्छेद गर्ने क्रम निकै बढेको छ । घर मिलाउन सके मात्रै समाज र देश मिल्छ भन्ने कुरालाई आत्मसाथ गर्दै आफ्नो सम्बन्ध संगै परिवारको भविश्य सुनिश्चित गर्नमा सबैको भुमिका महत्वपुर्ण हुन्छ। त्यसैले स्वतन्त्रताका नाममा परिवारिक जिवननै खतरामा पर्ने क्रियाकलाप नगरी आफ्नो भविश्य र शुन्दर बैवाहिक जिवन बनाउन परिवार, श्रीमान र श्रीमतीको भुमिका उत्तिकै महत्वपुर्ण हुनुपर्छ ।