कञ्चनपुर। नेपाली कांग्रेसका नेता रमेश लेखकले सीमा समस्या समाधानका लागि परराष्ट्र मन्त्री नारायण खड्काको ध्यानाकर्षण गरेका छन्।कञ्चनपुर जिल्लास्थित नेपाल र भारत सीमामा देखिएका समस्या समाधान गर्न लेखकले आज मन्त्री खड्काको ध्यानाकर्षण गरेका हुन्।नेता लेखक नेतृत्वको टोलीले परराष्ट्र मन्त्री खड्कालाई आज मन्त्रालयमा पुगेर भेट गरी सीमा समस्या समाधानका लागि आग्रह गरेका हुन्।
कञ्चनपुरका सीमा क्षेत्रमा नेपालीहरूले आफ्नो नाममा रहेको जग्गा उपभोग गर्न नपाएको र आफ्नै भूगोलमा सडकलगायत संरचना बनाउन नपाइएको बताएका छन्।परराष्ट्र मन्त्री खड्काले कञ्चनपुरलगायत अन्य ठाउँमा देखिएका सीमा समस्या समाधानका लागि सरकारले कुटनीतिक माध्यमबाट पहल गरिरहेको र छिट्टै समाधान हुने बताएको भेटमा सहभागी कांग्रेस नेता लेखकका सचिव जनक भट्टले बताए।

