धनगढी। कैलालीको गोदावरीमा छाडा चौपायासँग मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन्। कैलालीको गोदावरी नगरपालीका १ विद्युत कार्यालय नजिक शनिबार राति १२ :४० बजे धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको सु.प.प्र.०१–०११ प.४००१ नम्बर मोटरसाइकलले छाडा गोरुलाई ठक्कर दिएको हो।
प्रहरीका अनुसार जिल्लाको दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका १० का २९ वर्षीय मोहनराज अवस्थी र पछाडि सवार धनगढी-१३ का २२ वर्षीय रामचन्द्र अवस्थी घाइते भएका छन्। चालक अवस्थीको टाउकोमा चोट लागेकोले अवस्था गम्भीर रहेको बताइएको छ। र पछाडी सवार खुट्टामा चोट लागेकोले दुवै जनालाई पद्मा अस्पताल अत्तरियामा सामान्य उपचारपश्चात थप उपचारको लागि माया मेट्रो अस्पताल धनगढी ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। छाडा गोरुलाई ठक्कर दिदा गोरूको घटनास्थलमा मृत्यु भएको छ। भने मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।