हरिश भट्ट, धनगढी : संघीय सरकारको पौने तीन करोडको लगानीमा निर्माण भएको धनगढीको कनरी पार्क अलपत्र परेको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर १५ मा कनरी पार्क निर्माण सम्पन्न भई उद्घाटन भएको करिब २ बर्ष पुग्नै लाग्दासम्म पार्क सञ्चालन बारे कुनै योजना बन्न सकेको छैन । झन पार्कभित्र बनाइएका संरचना टुट फुट भई काम नलाग्ने अवस्थामा पुगेका छन् । पार्क उद्घाटन अघीनै संरचना टुटफुट भएपनि उप महानगरले संरक्षणमा चासो नदिदा भएका संरचना समेत भत्किन लागेका छन् ।
२०७७ साल कार्तिक २ गते तत्कालिन धनगढी उप महानगरपालिकाका प्रमुख नृप बहादूर वड र उप प्रमुख सुशिला मिश्र भट्टले उप महानगरपालिका १५ मा निर्माण भएको कनरी पार्कको उद्घाटन गरेका थिए । उद्घाटन गर्दै तत्कालिन प्रमुख वडले कनरी पार्क सबैका लागी खुला भएको भन्दै यसलाई गुरु योजना अनुसार थप ब्यबस्थीत बनाउदै लैजाने बताएका थिए ।
संघीय सरकारको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाईले सघन सहरी विकास कार्यक्रम अन्तरगत कनरी पार्क निर्माण गरेको थियो । दुई करोड ७४ लाखमा पार्क निर्माणका लागि देवसिँह÷एलबि जेभिसंग २०७४ असार ३० गते सम्झौता अनुसार ३ बर्ष अगाडि नै निर्माण सकिएको थियो । निर्माण कम्पनीले हस्तान्तरण गर्नुपुर्वनै पार्कभित्रका संरचना भत्किएको भएपनि उप महानगरले उद्घाटन गर्दै अलपत्र छोडेको पाइएको छ । पार्कको कुनै संरक्षण नहुँदा पर्यटकहरु यहाँ जान रुचाउँदैनन् ।
बिदाको दिन परे २ जना ३ जना पार्क घुम्ने आउनुहुन्छ मैले टिकट काट्ने गर्छु पार्कका चौकिदार बिजेन्द्र धामीले भने “कुनै दिन त एक जनापनि आउँदैन हजुर यहाँ बेजोग छ अवस्था घुम्न आउने भन्दापनि धम्काउन आउने बढी हुन्छन यहाँ ।” एक्लै चौकिदार के के हेर्न सक्नु र हजुर उनले भने “राती आएर सिसा फुटाइदिएका छन्, बिजुली टुटाइदिएका छन् म आफै यहाँ अशुरक्षित छु ।”
पार्क हस्तान्तरण हुनुअघी बाटै म चौकिदारीमा लागेको हुँ उनले भने “पहिलानै फटिसकेका थिए संरचना पछि टालटुल गरेपनि फेरी फुटिहाले तर यसैमा उद्घाटन गरियो अहिले अवस्था यो छ खाली जंगल जस्तै छ ।” १२ बिगाहा क्षेत्रफलमा रहेको पार्क अलपत्र परेपछि सरकारको करिब पौने ३ करोड बजेट बालुवामा पानी हालेझैँ भएको छ । पार्क निर्माण पश्चात आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै उप महानगरपालिकाको आम्दानी बढ्ने अपेक्षा लिइएपनि पार्कको आम्दानीले चौकिदारको पारिश्रमिकपनि पुग्दैन । एकातर्फ निर्माण कम्पनिले कमसल सामग्री प्रयोग गरेका कारण संरचना भत्किएका छन्, भने अर्को तर्फ उपमहानगरले संरक्षण नगर्दा पार्क अलपत्र छ । यसरी पार्क अलपत्र भएपछि राज्यको सम्पति सकिनु बाहेक कुनै उपलब्धी नभएको स्थानिय बताउँछन् ।
यहाँ प्रयोगमा ल्याए कति ठाउँ छ कति तर पार्कनै अलपत्र परेको छ स्थानिय हरीनारायण रानाले भने “सरकारले यत्रो लगानी लगाएर संरचना बनायो हेर्नुस त यो सुइिमिङ पुल अब के काम लाग्छ पुरै भित्र फटिसकेको छ, उप महानगरपालिकाले यसको संरक्षण नगरेकाले यो हालत भएको हो ।”
धनगढी उप महानगरपालिकामा नयाँ जनप्रतिनिधी आइसकेपछि यो पार्क बारे अँझै जानकारी लिन पाएका थिएनन् । उप महानगरपालिकाकी उप प्रमुख कन्दकला रानाले पार्क स्थलगत अवलोकन गरेकी छिन् । काम नलाग्ने अवस्थामा पुगेका स्वूमिङ पुल लगायतका संरचना तथा पार्कको अवस्था बारे उनले जानकारी लिइन् । र पार्कको संरक्षण र भत्किएका संरचना बारे कार्यपालिकामा जाकारी गराएर प्रक्रिया अगाडी बढाइने रानाको भनाई छ ।
करिब पौने ३ करोड लागतमा निर्माण भएको कनरी पार्क भत्किएकै अवस्थामा उद्घाटन गर्ने तत्कालिन प्रमुख÷उप प्रमुखले कसरी यो अवस्थाकै पार्क उद्घाटन गरे सो प्रश्न उहाँहरुमा जान्छ । र त्यसपछिको जनप्रतिनिधीले चौकिदारलाई पारिश्रमिक दिइरहने तर पार्कको अवस्था बारे जानकारीनै नलिनुले जनउत्तरदायी कम भएको पाइन्छ । त्यस कारण कमशल सामग्री प्रयोग गर्ने निर्माण कम्पनीलाई कार्वाही प्रक्रियामा लिई पार्क संरक्षणमा जोड दिन आवश्यक छ ।


