कैलाली। कैलालीमा रोकिराखेको जीपमा मोटरसाइकलले ठक्कर दिँदा २ जना घाइते भएका छन्। शनिवार दिउँसो ३: ४० बजे लम्कीचुहा नगरपालिका–२ मोतिपरस्थित पूर्वपश्चिम राजमार्गमा रोकिराखेको बा २१च २९०३ नम्बरको बोलेरो जीपमा क१प १५९८ नम्बरको मोटरसाइकल ठोक्किएर २ जना घाइते भएका हुन् । सो मोटरसाइकल पुर्बबाट बाट पश्चिम तर्फ आउँदै गरेको थियो।
ठक्करबाट मोटरसाइकल चालक जुम्ला तातोपानी गाउँपालिका–१ का २९ वर्षीय लोकेन्द्र जोशी र मोटरसाइकलमा सवार सोही ठाउँका २५ वर्षीय अक्कल कठायत घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मोटरसाइकल चालकको छाती,हातमा चोट मोटरसाइकलमा सवारको टाउको खुट्टा र हातमा चोट लागेको छ । उनीहरुमध्ये कठायतको स्थानीय लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ भने जोशीलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ। मोटरसाइकल र जिप प्रहरीको नियन्त्रणमा रहेको जनइएको छ ।