धनगढी। सशस्त्र प्रहरीले धनगढीबाट श्रोत नखुलेको लाखौँ रकमभारुसहित २ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलबाट १७ लाख ६६ हजार ७ सय ७० भारतीय रुपया सहित सशस्त्र प्रहरीको केन्द्रिय ब्युरो टोलिले दुई जनालाई पक्राउ गरेको हो।
सशस्त्र पहरी वल नम्बर ३४ गण कैलालीका अनुसार आज बिहान साढे ५ बजेको समयमा ब्युरो टोलिले सो रकम सहित २ जना पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १ शान्तिटोलका १७ बर्षिय विबेक चन्द र सोही ठाउका १८ वर्षिय सरोज धामी छन् । यश बारेमा थप अनुसन्धान भैरहेको सशस्त्र प्रहरी बल नम्बर ३४ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज जोशिले जानकारी दिए।