मलेसिया। सुदूरपश्चिमेली नेपाली समाज मलेसिया, क्षेत्रिय समिति पेनाङ र पुष्पान्जली युवा क्लब मलेसियाले संयुक्त रुपमा आर्थिक रकम संकलन गरि हस्तान्तरण गरेका छन । उनीहरुले स्व रन्चुला साउँद कि छोरीलाई र ब्रेन हेमरेज पिडित पुजा भट्टलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
बेदकोट नगरपालिका ६ मुसे पानी घर भएकी स्व रन्चुला साउँदको परिवारलाई नेपाली रु ८ हजार र बेदकोट नगरपालिका वडा नं ७ दिपकराज भट्ट कि छोरीको उपचारको लागि १० हजार आर्थिक सहयोग गरेको हो। स्व रन्चुला साउँदलाई कसैले हत्या गरेको थियो भने उनका श्रीमानको केहि बर्ष अगाडी मृत्यु भईसकेको थियो ।घरमा दुई छोरीहरु रहेका छन् । आर्थिक रुपमा समस्या खेप्दै आएकी छोरी हरुलाई सुदूरपश्चिमेली नेपाली समाज क्षेत्रिय समिति पेनाङ र पुष्पाञ्जलि युवा क्लब मलेसियाले सयुक्त रुपमा रकम संकलन गरी आर्थिक सहयोग गरेको छ ।
यसैगरी बेदकोट नगरपालिका ७ बस्ने दिपक भट्ट कि छोरी दुई बर्ष देखि ब्रेन हेमरेज रोगबाट पीडित छिन। उनका वुवा दिपक भट्टका अनुसार उपचार गर्दा गर्दै भएको पैसा सकिएपछि र घरको अवस्था पनि आर्थिक रुपमा कमजोरी भएको कारण सहयोगको लागी आग्रह गरे पछि सयुक्त रुपमा नेपाली रु १० हजार आर्थिक सहयोग गरेको हो । छोरीको उपचारमा करिब ३० लाख भन्दा धेरै खर्च भईसकेको छ । उक्त रकम सुदूरपश्चिमेली नेपाली समाज पेनाङ क्षेत्रिय समिति का पुर्व वरिष्ठ उपाध्यक्ष दिपक राज जोशीले भट्ट र साउँदका परिवारलाई हस्तान्तरण गरेको सुदूरपश्चिमेली नेपाली समाज मलेसिया क्षेत्रिय समिति पेनाङ का महासचिव प्रकाश कार्किले बताए।

