धनगढी। वर्षाका कारण अवरुद्ध भएका सुदूरपश्चिमका सबै सडक सञ्चालनमा आएका छन्। मंगलबार रातिदेखि भएको वर्षाका कारण बझाङ, बैतडी, बाजुरा र दार्चुला जोड्ने सडक अवरुद्ध भएका थिए। बझाङको जालेबगरमा सेती नदीले कटान गर्दा राजमार्ग अवरुद्ध भएको थियो।
दार्चुलाको शैल्यशिखरमा पर्ने नङतड, बैतडीको पाटनमा पर्ने थुम, सुनर्याको भन्ज्याङ भन्ने स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। तर अहिले सबै सडक सञ्चालनमा आइसकेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख, प्रहरी उपरीक्षक प्रविण धितालले बताए। ‘अहिले एकतर्फी भएपनि सबै सडक सञ्चालनमा आइसकेका छन् तर पुनः अवरुद्ध हुने जाखिम भने छ। त्यसका लागि जेसिबी र जनशक्ति तयारी अवस्थामा छन्’ उनले भने।