काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानले पार्टी दर्ताको निवेदन दिएको छ । नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतम संयोजक रहेको पार्टीले आज निर्वाचन आयोगमा दर्ताको निवेदन दिएको हो । चुनाव चिह्न गुलाबको फूल प्रस्ताव गरिएको छ ।
पार्टी प्रचार विभाग प्रमुख निमकान्त पाण्डेका अनुसार केन्द्रीय कमिटमा ७५ सदस्यीय रहे पनि उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरूको हस्ताक्षर गरेर निवेदन दिइएको हो ।