कैलाली। कैलालीमा साइकल यात्रीलाई ठक्कर दिएर फरार भएका बस चालक र बस प्रहरीले नियन्त्रणमा लिएको छ। कैलालीको गौरीगंगामा साइकल यात्रीलाई ठक्कर दिएर फरार भएको बस १२ घण्टा पछि फेला परेको हो।
गौरीगंगा नगरपालिका – १ चौमालामा गौरीगंगा नगरपालिका -२ कटानका ४६ बर्षीय खडक थापालाई ठक्कर दिएको थियो। उक्त बस धनगढी उप–महानगरपालिका – १ पुष्पलाल चोक बस्ने ४३ बर्षीय दीप श्रेष्ठले चलाएको ना ६ ख ९६९३ नम्बरको सुदूरपश्चिम यातायातको रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त बस इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान सवा ५ बजेको समयमा चौमाला बुहमुखी क्याम्पस नजिक पुर्वबाट पश्चिमतर्फ तर्फ आउँदै गरेको बसले विपरित दिशा तर्फ जाँदै गरेको दुध बोकेको साइलकल यात्री थापालाई ठक्कर दिएको थियो। घाइते थापाको हाल धनगढीमा रहेको निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस र बस चालक ईलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भईहेको प्रहरीले जनाएको छ।