धनगढी। धनगढी क्याम्पस चोकमा टावर लाइटमा राखिएको नेपालको झण्डा च्यातिएको छ। गत वर्ष फागुन ९ गते धनगढीस्थित क्याम्पस चोकमा पहिलो पटक टावर लाइटमा राष्ट्रिय झण्डा राखिएको थियो। उक्त टावर लाइटमा राखिएको झण्डा च्यातिएको हो। टावर लाइटमा राखिएको नेपालको झण्डा च्यातिएपछि पनि नफेरिएकोमा आलोचना भएको छ। धनगढी उपमहानगरपालिकामा टावर लाइटमा राखिएको नेपालको झण्डा च्यातिएपछि पनि नफेरिएकोमा आलोचना बढेको हो।
झण्डा च्यातिएपछि एमाले कैलाली सचिव डेजी पाण्डेले धनगढी उपमहानगरलाई झण्डा परिवर्तन गर्न आग्रह गरेको बताएका छन्।‘धनगढी उपमहानगरपालिकाको नेतृत्व त फेरियो तर क्याम्पस चोकको यो सानको रूपमा रहेको राष्ट्रिय झण्डा फेर्न फेरि नेतृत्व नै फेर्नु पर्ने त होइन होला’ एमाले कैलाली सचिव डेजी पाण्डेले च्यातिएको झण्डाको फोटो र भिडिओ राखेर फेसबुकमा लेखेका छन् ।उनले उपप्रमुख कन्दकला रानालाई फोनमा झण्डा परिवर्तन गर्न आग्रह गरेको समेत जानकारी दिएका छन् ।उपमहानगरपालिकाको वडा नम्बर ८ को क्याम्पस चोकमा २ लाख ७५ हजारमा निर्माण गरिएको उक्र टावर लाइटको सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले आज उद्घाटन गरेका थिए । करिब १७ मिटर अग्लो टावर लाइटमा राष्ट्रिय झण्डासहित लाईटिङ टावरको एक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेश प्रमुख देबराज जोशीले उद्घाटन गरेका थिए ।