कञ्चनपुर । कञ्चनपुरको वाणीस्थीत नदीमा हाम फालेकी एक महिलाको उद्दार गरिएको छ। कञ्चनपुरको वाणीस्थित मछेली नदीमा हाम फालेकी महिलाको उद्दार गरिएको हो। कृष्णपुर नगरपालिका ५ गुलरियाकी २५ वर्षीया लक्ष्मी जोशीले घरमा श्रीमानले तनाव दिएको भन्दै नदीमा हाम फालेको इलाका प्रहरी कार्यालय वाणीले बताएको छ।
उनको उद्दार अचेत अवस्थामा गरिएको र अहिले उपचारका लागि वाणीस्थित अस्पतालमा लगिएको बताइएको छ। उनी केही दिन अघि श्रीमानले रक्सी पिएर तनाव दिने गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। प्रहरीले उनका श्रीमानलाई सुधार केन्द्रमा पुर्याउन सहजिकरण गरेको बताएको छ।
उनको दिमागमा तेही तनावको असर रहेका कारण नदीमा हाम फालेको हुन सक्ने इलाका प्रहरी कार्यालय वाणीले बताएको छ। स्थानियले ति महिलाको मानसिक अवस्था ठिक नभएको बताएका छन् । घरपरिवार छरछिमेकसँग पनी उनको सम्बन्ध राम्रो नभएको बताएका हुन् । प्रहरीले ति महिलालाई परिवारको जिम्मा लगाइने जनाएको छ ।