धनगढी। धनगढीमा सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर) अन्तर्गत प्राथमिक उपचार सम्बन्धि ४ दिने तालिम धनगढीमा सुरु भएको छ। धनगढी उपमहानगरपालिका तथा नेपाल रेडक्रस सोसाइटीको आयोजना युरोपीयन युनियनको आर्थिक सहयोग र यूएनडीपी, युनीसेफ, यु एन ओमनको सहकार्यमा धनगढीमाआजदेखी ४ दिने तालिम सुरु भएको हो।
तालिममा उपमहानगरपालिकाको वडा नम्बर २ का सामुदायिक प्रतिकार्य समूहका २४ जना भन्दा बढीकोे सहभागीता रहेको छ। तालिममा सहरी विपद् तथा भूकम्प,आगलागी, बाढी, डुवानको पुर्व तयारी विपद र उद्धारमा प्राथमिक उपचार के कसरी गर्ने भन्ने बारे तालिममा सिकाइने जनाइएको छ। युएनडिपीका बसन्त कुमार श्रेष्ठ प्राथमिक उपचार भनेको बिपदमा पहिलो उपचार दिने कार्य नै प्राथमिक उपचार रहेको बताए। जस्का लागी हामीले विपद् तथा भूकम्पीय जोखीमका लागी तालिम प्रदान गरेको बताए।उनले तालिमका लागी तालिम प्रशिक्षक लगायत तालिममा सहभागिलाई बिभिन्न कुराहरु जानकारी गराइने बताए। विपदमा परेका बिरामी वा घाइतेलाई अस्पताल अथवा स्वास्थ्य संस्थामा पुर्याउनु अघि गरिने प्राथमिक उपचारबारे सिकाईने नेपाल रेडक्रस सोसाईटी कैलालीका प्राथमिक उपचार प्रशिक्षक खगेन्द्र राज जोशीले बताए। उनले सम्बन्धित घटनास्थलमा वा घरमा सामान्य उपकरण सामग्रीको प्रयोग गरि बिरामीको उपचार सम्बधि तालिममा जानकारी दिइने छ । विपद् तथा भूकम्पमा परेका मानिस बेहोस भएको, सामान्य बेहोस भएको, सास नै नचलेको घाईतेलाई के गर्ने, घटनास्थलमा घाईतेको रक्तश्राश भएमा कसरी रोक्ने, घाईतेको खुट्टा मर्किएको छ भने के गर्ने भनेर भनेर तालिममा सिकाईने प्रशिक्षक खगेन्द्र राज जोशीले बताए। यस्तै तालिम प्रशिक्षक शुवास भण्डारीले सामुदायिक प्रतिकार्य समूहका सहभागिलाई तालिममा ज्ञान सिप दिएर आगलागी, बाढी, भुकम्प, सर्पले डसेपछि, के कसरी प्राथमिक उपचार दिन सकिन्छ त्यसलाई सिकाइरहेको जानकारी दिए ।साथै तालिममा सहभागिहरुले सिकेको सिपबाट गाउँसमाजमा हुने बिपदका जोखिमबाट अरुको जिवन बचाउन मद्दत पुग्ने बिश्वास लिए । यसबाट घाईतेहरुको समयमै प्राथमिक उपचार गरि स्वास्थ्यसंस्थामा लैजान सजिलो हुने र ज्यान जोखीम कम हुने उनको भनाई छ । यस्तै सुपर परियोजनाका सुचना ब्यवस्थापन अधिकृत बिराज पोख्रलले बर्षात मौसममा बिपदका घटनालाई मध्यनजर राख्दै प्राथमिक उपचार तालिम सञ्चालन गरिएको बताएका छन् । उनले भने, यसबाट बिपदका घटनाबाट जनधनको क्षती कम हुन्छ, घाईतेलाई समयमै घरमै हुने उपचारले केहीहदसम्म मानविय दुर्घटनाको रोकथाम गर्न सकिन्छ उनले भने । साथै उनले सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनालाई मध्यनजर राख्दै सोमबार भोली धनगढी उपमहानगरपालीकामा स्थानिय आपतकालीन कार्य सञ्चालन केन्द्रको पनी भवन उद्घाटन हुने बताएका छन् । साथै उक्त केन्द्र मार्फत बिपदसंग सम्बन्धित रोकथाम तथा उद्धार सम्बन्धि कार्य यसै केन्द्रबाट हुने उनले बताएका छन् ।भिडियो हेर्नुहोस यहाँ तल
https://www.facebook.com/ganesh.bajgai.716/videos/590269885775856