धनगढी : धनगढीमा मुना रेस्टुरेन्ट सञ्चालनमा आएको छ । युवा व्यवसायी बिष्नु खनालले धनगढीको क्याम्पस रोडमा सो रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।
ग्राहकहरूलाई सस्तो सुलभ र हाइजिनिक खाना उपलब्ध गराउने उद्देश्यले रेस्टुरेन्ट सञ्चालनमा ल्याएको उनले बताए । सो रेस्टुरेन्टमा इन्डियन चाइनिज र लोकल परिकारहरू उपलब्ध रहको उनको भनाई छ ।
जम्मा सय रुपियाँमा सादा खाना ग्राहकलाई दिन खोजिरहेको उनको भनाई छ । लामो समय होटेल व्यवसायमा काम गरेका खनालले अहिले आफै रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।
बजारमा रेस्टुरेन्टमा विकसित भएता पनि क्याम्पस रोडमा खासै यो स्तरको रेस्टुरेन्ट नभएकाले आफूले सो रेस्टुरेन्ट सञ्चालनमा ल्याएको उनले बताए ।सन २००० देखि मुम्बईबाट होटेल व्यवसाय सुरु गरेका खनालले मुम्बईमा चार वर्ष काम गरेका थिए । त्यस लगत्तै उनले नेपालमा आएर धनगढीको होटेल डिभोटी,होटेल साथीमा काम गरेको अनुभव खनालसँग छ ।
https://www.facebook.com/dinesh.bist.712/videos/1482161502236857