कैलाली। कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना बालक घाइते भएका छन्। कैलालीको जोशीपुर गाउँपालिका-४ मा से ७ प २९९३ नम्बरको मोटरसाइकलले सोही ठाउँका धनीराम चौधरीका २ वर्षीय छोरा रेनिशलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घर नजिकैको सडकमा खेलिरहेका उनलाई मोटरसाइकलले ठक्कर दिएको हो। ठक्करबाट घाइते भएका रेनिशलाई टीकापुर अस्पतालबाट थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बताएको छ। मोटरसाइकल चालक जोशीपुर-४ कै ३१ वर्षीय श्याम डगौरालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।


