धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ। आज बिहान ११ बजेका लागि सुदूरपश्चिम प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको हो। हिजो दिउँसो ३ बजेका लागि बोलाएको प्रदेशसभाको बैठक स्थगित गरिएकोमा आज बिहान ११ बजेका लागी बोलाइएको थियो। सरकारले ल्याएको बजेटबारे छलफल गर्न बोलाइएको बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो।
माओवादी केन्द्र बाहेकका दलहरू यथास्थितिमा सरकारले ल्याएको बजेट पारित गर्न नदिने पक्षमा छन्। यसअघि आज बिहान ८ बजे मुख्यमन्त्री त्रिलोचन भट्टले बजेटबारे छलफल गर्न प्रतिपक्षी दललाई बोलाएका थिए।सुदूरपश्चिम प्रदेशको बजेट पारित गर्न सकस भइरहेको बेला मुख्यमन्त्रीले बिहान मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा प्रतिपक्षी दलहरूसँग छलफल गर्न बोलाएका थिए । सो छलफले कुनै निर्णय निकाल्न सकेन् । कांग्रेसले यसअघि नै यथास्थितिमा बजेट पारित गर्न नसकिने जनाइसकेको छ। विपक्षी दलहरू एमाले, जसपा र लोसपा पनि बजेटको विरोधमा छन्।

