कञ्चनपुर। गृह मन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ। कञ्चनपुरका सिडिओ रामप्रसाद पाण्डे सामान्य प्रसाशन मन्त्रालयमा सरुवा गरिएको हो ।
पाण्डे २०७७ भदौ २० गते जिल्ला प्रसासन कार्यालय कञ्चनपुरमा हाजिर भएका थिए । गृहले कञ्चनपुरमा गोपाल अर्याललाई सिडिओ बनाएर पठाएको छ। मन्त्रालयले गत शुक्रवार सिडिओ सरुवा गर्ने निर्णय गरेको थियो।