दार्चुला।दार्चुला जिल्लाका एक शिक्षक बेपत्ता भएका छन् । दार्चुलाको नौगाड गाउँपालिका–१ का हरकसिंह ठगुन्ना सोमवार साझ देखि गायब भएका हुन् ।नौगाडको स्थानीय भूमिराज माविका कार्यरत सहायक प्रधानाध्यापक हरक सिंह ठगुन्ना सोमवार साँझ सल्लास्थित एक घरमा विहेमा जानु भएको थियो ।
फर्किने क्रममा उनी बेपत्ता भएका आफन्तले बताएको छ ।दार्चुलाका सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक राजेश शाहीका अनुसार आफन्तले खोजबिनका लागि प्रहरीमा निवदेन दिएको छ ।


