धनगढी। कैलालीमा आज जना एक बालकको शव फेला परेको छ। कैलालीको गोदावरी नगरपालिका ३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी ७ वर्षीय बालकको शव फेला परेको हो। आज (शनिवार)साँझ ५:४० बजेको समयमा उक्त नदिको किनारमा मृतक अवस्थामा बालकको शव फेलाको सुचनापछि संयुक्त प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
बेवारिसे अवस्थामा रहेको शव अनुहार नचिनिने, शरिरमा कपडा नभएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। शवको पहिचान भने भएको छैन् । शव पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको र थप अनुसन्धान भइरहेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिएका छन्।


