काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले सरकारको चर्को आलोचना गरेका छन्। जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली प्रहारबाट भएको हत्यामा राष्ट्रिय शोक मनाएको विषयलाई लिएर गठबन्धन सरकारको कूटनीतिप्रति असन्तुष्टि जनाएका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ‘जापानका पूर्व प्रम आबेको हत्या निन्दनीय छ।
नेपाल सरकारले त्यस्तो हत्याको निन्दा र जापानी जनताप्रति समवेदना प्रकट गर्नु स्वाभाविक हो। तर कुनै देशका पूर्व प्रमको मृत्युमा राष्ट्रिय शोक मनाउने गठबन्धन सरकारले कहाँको कूटनीति ल्यायो ? यो चाकरी र झुकनीतिको अर्को दृष्टान्त मात्र हो।’नेपाल सरकारले हत्याको निन्दा र जापानी जनताप्रति समवेदना प्रकट गर्नु स्वाभाविक भएको उनको भनाइ छ।कुनै देशका पूर्वप्रधानमन्त्रीको मृत्युमा राष्ट्रिय शोक मनाउने गठबन्धन सरकारको कूटनीति चाकरी र झुकनीतिको अर्को दृष्टान्त भएको टिप्पणी गरेका छन्।