कैलाली। सनराईज बैङ्कको आयोजनामा कैलालीको चुरे गाउँपालीकामा निशुल्क आँखा चेकजाँच शिविर गरिएको छ। सनराईज बैङ्क धनगढी, अत्तरीया तथा चुरे शाखाको आयोजना र नेपाल नेत्रज्योतीसंघ गेटा आँखा अस्पताल कैलालीको सहकार्यमा चुरे गाउँपालीकामा रहेको सहजपुर स्वास्थ्यचौकीमा निशुल्क आँखा चेकजाँच शिविर गरिएको हो।
एक दिने निशुल्क आँखा चेकजाँच शिविरमा ३१५ जना बढीको निशुल्क आँखा चेकजाँच, औषधी तथा निशुल्क चस्मा बितरण गरिएको सनराईज बैङ्कका साखा प्रमुख हेमन्त अवस्थीले जानकारी दिए। बैङ्कीङ सेवाका अतिरिक्त सामाजिक क्रियाकलापको उत्तरदायीत्व बहन गर्दै सनराईज बैङ्कले सो कार्यक्रम आयोजना गरेको अवस्थीले जानकारी दिए। कैलालीको चुरेमा निशुल्क आँखा चेकजाँच शिविर गरिएपछि सेवाग्राहीले स्वास्थ्य लाभ लिएका छन् । उनीहरुले सनराईज बैङ्कले गरेको निशुल्क आँखा चेकजाँच शिविर निकै राम्रो रहेको बताउँदै सुखी ब्यक्त गर्दै धन्यवाद समेत दिएका छन्।
उनीहरुले कैलालीको पहाडी इलाका चुरेमा आएर घर नजिकै स्वास्थ्य उपचार सेवा पाउँदा निकै सहज भएको बताए। सनराईज बैङ्क साखा प्रमुख अवस्थीले आगामी दिनमा पनी बैङ्कले यस्तै सामाजिक र रचनात्मक कार्य गर्दै जाने बिश्वास दिलाएका छन्। कार्यक्रममा बैङ्कका प्रादेशिक प्रमुख सुरेन्द्र बहादुर शाही लगायत बैङ्कका कर्मचारी, चिकीत्सक लगायत स्थानियहरुको सहभागिता रहेको थियो । यसअघि बिगत बर्षमा सामाजिक उत्तरदायीत्व अन्तरगत सप्ताह ब्यापी कार्य गरेको थियो । धनगढीमा सरसफाई, रक्तदान लगायत बैङ्कले धनगढीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीलाई ट्राफिक डिभाइडर कोनहरु हस्तान्तरण गरी ट्राफिक ब्यवस्थापनमा ठुलो सहयोग पुर्याएको थियो ।




