कैलाली। कैलालीको धनगढी स्थित मोहना नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहानदेखि नदीमा पानीको सतहले खतराको तह पार गरेको हो। शनिबार बिहानैदेखि नदीमा पानीको सतहले खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको हो।
मोहना नदीमा बाढी आएपछि तटीय क्षेत्रहरू तथा डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क हुन आग्रह गरिएको छ।त्यस्तै, खुटीया खोला मुडीभर, मोहना खोला मालाखेती र कान्द्रा खोलामा जलसतह सतर्कता तह आसपास पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार कान्द्रा र मोहनामा पानीको सतह बढ्दो क्रममा छ भने कर्णाली नदीमा पानीको बहाव स्थिर रहेको छ ।