धनगढी। धनगढीमा सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना( SUPER )अन्तर्गत खोज तथा उद्धार तालिम सञ्चालन गरिएको छ। धनगढी उपमहानगरपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी र यूएनडीपीको सहकार्यमा खोज तथा उद्धार तालिम सञ्चालन गरिएको हो।
युरोपीयन युनियनको आर्थिक सहयोगमा सञ्चालित सो तालिममा उपमहानगरपालिकाको वडा नम्बर १ र २ का सामुदायिक प्रतिकार्य समूहका ३० जनाको सहभागीता रहेको छ। तालिममा भूकम्पको समयमा हुनसक्ने क्षति तथा न्यूनीकरणको विषयमा सिकाइने धनगढी उपमहानगरपालिकाले जनाएको छ। तालिम ३ दिन चल्ने बताइएको छ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीका सशस्त्र प्रहरी नायव निरीक्षक किसन सिँह टेरले सशस्त्र प्रहरी बलबाट ४ जनाको टिमले खोज तथा उद्धार सम्बन्धी तालिमको प्रशिक्षण दिइने बताएका छन् । ४ जनाको टिमले सहरी विपद् तथा भूकम्प आगलागीको समयमा के कस्तो जोखीम, कसरी बच्ने र बचाउने सम्बन्धी प्रशिक्षण गराईने उनले बताए । खोज तथा उद्धारकालागी भुकम्पबारे सैदान्तीक ज्ञान, आगलागी सम्बन्धी पनी सैदान्तीक जानकारी दिइ के कसरी सुरक्षीत हुने र समुदायमा जानकारी कसरी गराउने र अग्नी नियन्त्रक सामाग्री कसरी चलाउने र समुदायले गर्ने कार्य र भुमिका बारेमा तालिममा सिकाईने उनले बताए । साथै खोज तथा उद्धार टोलीको भुमिका के हुनसक्छ भन्ने बारेमा तालिममा सिकाईने उनले बताए ।
यस्तै सुपर परियोजनाका सुचना ब्यवस्थापन अधिकृत बिराज पोख्रलले बर्षात मौसम सुरुवात भएसँगै बिपदका घटनालाई मध्यनजर राख्दै खोज तथा उद्धार तालिमबाट बिपदका घटनाबाट जनधनको क्षती रोकथाममा टेवा पुग्ने बिश्वास लिए । तालिममा सहभागिहरुले सिकेको सिप तालिमबाट आफुसहित घरपरिवार तथा समुदायमा पनि जानकारी दिई विपद क्षती कम गर्न सकिने बताए । यस्तै कार्यक्रममा नेपाल रेडक्रस कैलालीका सभापती उत्तम जोशीले रेडक्रसले बिपदका घटना न्युनिकरण गर्न बिभिन्न तालिम, गोष्ठि तथा खोज तथा उद्धार सम्बन्धि प्रयोगात्मक अभ्यासको तालिम दिइरहेको बताए ।
उनले बिवद पुर्व र बिपदपछिको उद्धार र सहकार्य गर्दै आइरहेको उनले बताए । कैलालीको धनगढी उप-महानगरपालिकाले खोज तथा उद्धार तालिम सञ्चालन गरेको हो। उप-महानगरपालिकाले नेपाल रेडक्रस सोसाइटी र यूएनडीपीको सहकार्यमा उक्त तालिम सञ्चालन गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीका प्रहरीले सहरी विपद् तथा भूकम्पको समयमा कसरी बच्ने र बचाउने सम्बन्धी प्रशिक्षण गराई रहेका छन् ।तालिममा बिभिन्न संघसँस्थाका कर्मचारीहरुको पनी सहभागिता रहेको थियो ।भिडियो रिपोर्ट सहित हेर्नुहोस् तल
https://www.facebook.com/supamedia01/videos/556230882815762