धनगढी : नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्यमा कैलालीका युवा नेता रमेश धामी मनोनित भएका छन् । आज काठमाण्डौँमा बसेको पार्टीको तेश्रो पुर्ण बैठकले धामीलाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।
पार्टी अध्यक्ष पुस्प कमल दाहाल प्रचण्डको अध्यक्षमा बसेको बैठकबाट धामी केन्द्रिय सदस्यमा मनोनित भएका हुन् । केन्द्रिय सदस्यमा मनोनित भएसंगै धामीले पार्टीलाई धन्यबाद दिएका छन् । आफ्नो मुल्याकन गर्दै पार्टीले केन्द्रिय सदस्यमा मनोनित गरेको भन्दै धामीले केन्द्रिय नेतृत्व र पार्टीलाई धन्यबाद दिएका हुन् । पार्टी संगठनमा बिगतझैँ थप सशक्त भएर काम गर्ने धामीको प्रतिबद्धता छ ।