काठमाडौँ। रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निवेदन दिएको १० दिनमै निर्वाचन आयोगले दल दर्ता गरेको छ। लामिछानेले असार ७ गते ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गर्दै त्यसै दिन आयोगमा औपचारिक रुपमा दर्ताका लागि निवेदन दिएका थिए।सञ्चारकर्मीबाट राजनीतिमा प्रवेश गरेका लामिछाने अध्यक्ष रहेको दललाई आवश्यक कागजात बुझेर दलको मान्यता दिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए।
उनका अनुसार दाबी गरे झैँ चुनाव चिन्ह गोलाकारभित्रको घण्ट दिइएको छ। लामिछानेले दाबी गरेको स्वतन्त्र पार्टीले व्यक्तिगत रुपमा राजनीतिमा लाग्नेलाई असर गर्ने भन्दै त्यसलाई मान्यता नदिन आयोगलाई आग्रह गरिएको थियो।तर आयोगले ४५ दिनको समय अवधिमा दल दर्ताको प्रमाणपत्र दिनुपर्ने भए पनि दश दिनमै सबै प्रक्रिया टुंग्याएर शुक्रबार मान्यता दिने निर्णय गरेको हो।लामिछानेले दल दर्ताका लागि दिएको निवेदनलाई काउन्टर दिँदै स्वतन्त्र उम्मेदवारहरुले स्वतन्त्र शब्दको लामिछानेले अपव्याख्या गरेको भन्दै दल दर्ता नगर्न आयोगमा उजुरी दिएका थिए।
उक्त उजुरीलाई भने आयोगले दाबी नपुगेको ठहर गरेको छ। उजुरीहरुको दाबी पुगेको देखिन्न,आयोगका एक आयुक्तले भने।लामिछानेको पार्टीले गोलाकारभित्र घण्टी चुनाव चिन्ह पाएको छ। उक्त निर्वाचन चिन्ह दिन स्वतन्त्र पार्टीले अनुरोध गरेको थियो। लामिछानेले विभिन्न ७ अवधारणा अघि सारेर राजनीतिमा डेब्यु गरेका थिए। स्वतन्त्र उम्मेदवारलाई जोडनका लागि दल खोलेको लामिछानेको दाबी भए पनि स्वतन्त्रहरुले भने लामिछानेको पार्टीको विरोध गर्दै आएका छन्।


