धनगढी : सु.प कला प्रतिस्ठानले सुदूरपश्चिमेली नेपाली समाज भारतका केन्द्रिय कला प्रमुख जनकराज ढुगांनालाई स्वागत तथा सम्मान गरेको छ । केही दिनका लागी स्वदेश पुगेका ढुगांनालाई प्रतिस्ठानले धनगढी उप महानगरपालिका १ स्थित बुद्धमन्दीरमा रहेको आफ्नै कार्यालयमा ढुगांनालाई स्वागत गरेको हो ।
भरतमा बसेरपनि सुदूरपश्चिमको कला संस्कृती जोगाउनमा महत्वपुर्ण भुमिका खेलिरहेका ढुगांनालाई स्वागत गरेको सु.प कला प्रतिस्ठानका महासचिव गुणकर पनेरुले बताए । प्रतिस्ठानले ढुगांनालाई स्वागत गर्न पाउँदा खुशी लागेको पनेरुले बताए ।
स्वागत कार्यक्रममा बोल्दै सुदूरपश्चिमेली नेपाली समाज भारतका केन्द्रिय कला प्रमुख जनकराज ढुगांनाले सु.प कला प्रतिस्ठानलाई धन्यबाद दिए । सु.प कला प्रतिस्ठानले सुदूरपश्चिमको कला संस्कृती जोगाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै उनले धन्यबाद दिए । देश बिदेशमा रहेका सबै सुदूरपश्चिमेलीहरुले आफ्नो भाष र संस्कृतीको संरक्षण गर्नुपर्नेमा जोड दिदै ढुगांनाले आफुपनि सु.प कला प्रतिस्ठानको सदस्यता लिने प्रतिबद्धता ब्यक्त गरे ।
सु.प कला प्रतिस्ठानका अध्यक्ष अम्बिका आचार्यले कलाकारहरुको सम्मान र स्वागतले यहाँको संस्कृती संरक्षणमा टेवा पुगेको बताए । सबै कलाकारहरुलाई एकढिक्का गरेर कलाकारको हक हित र संस्कृती संरक्षणमा प्रतिस्ठानले जोड दिएको उनले बताए । कार्यक्रममा सु.प कला प्रतिस्ठानका संस्थापक अध्यक्ष राज कुमार जोशी, म्युजिक भिडियो निर्देशक भिम थापा, रमेश बिजुली बिसी, चलचित्रकर्मी तेजा ऐर, डेउडा गायक ध्वज महरा, कलाकार मेघा भट्ट, गौरी ओझा लगायतको सहभागिता थियो ।