धनगढी। कैलालीको धनगढीमा अटो अनियन्त्रित भई पल्टिदा एकजनाको मृत्यु भएको छ। बिहीवार बिहान ११:४५ बजे कैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाँडी चोकमा सुपप्र ०१–००१ ह ४६३२ नम्बरको अटो पल्टिएर एकजनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीले दुर्घटनामा दार्चुला लेकम गाउँपालिका–३ घर भइ धनगढी–४ उत्तरबेहडी बस्दै आएका ५० वर्षीय लक्ष्मण सिंह बोहराको मृत्यु भएको जनाएको छ। दुर्घटनामा घाइते भएका बोहराको छाती, पेट र हातमा चोट लागी उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको कैलाली प्रहरीले जनाएको छ। अटो चालक ३० बर्षीय सुरेन्द्र सिंह माललाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।