धनगढी। खाध प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले असार १५ को शुभकामना ब्यक्त गर्दै खाद्य स्वच्छतामा कृषक तथा उपभोक्ताहरुमा अपील गरेको छ । गर्मी र बर्षातको दोहोरो चपेटाको अवस्थामा खाद्य स्वच्छतामा बिशेष सजग हुन को सम्पूर्ण कृषक तथा उपभोक्ताहरुमा अपील गरेको हो ।
खाध प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढी शुभकामना तथा सन्देश जारी गर्दै यस्तो अपिल गरेको छ । आज असार १५, धान दिवस तथा दही चिउरा खाने दिन । यो समयमा गर्मी संगै बर्षात समेत शुरु भै सकेको छ। यी दुवै अवस्था खाद्य स्वच्छताका लागि प्रतिकुल अवस्था हुन/ चिसो र सुखा अवस्थामा खाद्य बस्तुको आयु लामो हुन्छ भने जति जति गर्मी र बर्षात हुन्छ त्यतिनै खाध बस्तुको आयु छोटो हुने, चाडै बिर्ग्रिने तथा खाना र पानीका कारण फूड पोइजन, हैजा लगायतका बिभिन्न प्रकारका रोगहरु लाग्ने अवस्था हुन्छ । आज असार १५ को बिशेस दिनको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै यस प्रकारको विषम परिस्थितिमा खाद्य स्वच्छतामा तपसिल बमोजिम सजग हुन आम कृषक र उपभोक्ता हरुमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढी हार्दिक अपील गर्दछ।
कृषि उपज भण्डारण गर्दा तथा खाध बस्तु खरीद एब उपभोग गर्दा ध्यान दिनुपर्ने कुराहरु
• बर्षमा एकपटक उत्पादन गरी वर्षभरी खान भण्डारण गरिने अन्नबालीहरु भण्डारण गर्दा राम्ररी सुकाएर हावा नछिर्ने गरी भण्डारण गर्ने/ साथै भण्डारण स्थलमा बर्सादको पानी नपस्ने र मुसा नलाग्ने गरी ब्यबस्था गर्ने / • चाडै बिगिने फलफुल तथा तरकारीहरु जाम, अचार, सुकेका चाना, केचप, सस, मस्यौरा, गुन्द्रुक जस्ता प्रशोधित परिकार बनाएर संरक्षण गर्न सकिन्छ/
• खुला रुपमा बजारमा बेचिने खाध पदार्थ बर्षातको समयमा ओस परी चाडै बिग्रिने समस्या हुन्छ, अत यस प्रकारका खाद्यबस्तुलाइ व्यापारीले ओस नछिर्ने गरी छोपेर वा ढाकेर राख्ने र खरीद्कर्ताले समेत यस बिसयमा सजग रहने गर्नु पर्दछ/ • सिलबन्दी अवस्थाका खाने कुरा खरीद गर्दा समेत लेबल हर्ने र म्याद ननाघेको एकिन गरेर मात्र खरीद गर्ने / • पानी उपभोग गर्दा सिलबन्दी जार वा बोतलको पानी भए लेबल हेर्ने, म्याद ननाघेको र खाध अनुज्ञापत्र नम्बर भएको एकिन गरेंर मात्र उपभोग गर्ने / धारा वा अन्य श्रोतको पानी भए राम्ररी उमाल्ने अनि सेलाएर उपभोग गर्ने / पानीले भिजि हाले वा क्षतिहुने अवस्था आएमा अपनाउनु पर्ने सावधानी
• धानजस्ता कृषि उपज पानीले भिजिहालेमा तत्काल घाम लाग्ने अवस्था भएमा तुरुन्त सुकाउन सम्भब भए सुकाउने, सुकाउन सम्भब नदेखिएमा निश्चित समय भिजे पछी चिउरा बनाउन प्रयोग गर्न सकिन्छ/ चामल भए मदिरा बनाउन सकिन्छ वा मदिरा उद्योगमा सम्पर्क गरी बिक्रि गर्न सकिन्छ/ घरेलु स्तरमा चामलबाट मदिरा बनाउनु चुनौतीपूर्ण छ तथापी यस अवस्थामा बिग्रिएर पुरै फाल्नु भन्दा उपयुक्त तरिकाले मदिरा बनाएर पनि जोगाउन सकिन्छ भन्न खोजिएको हो/ • दालजन्य उपजहरु भिजेर बिग्रिने अवस्था देखिएमा तत्काल पिसेर लेदो बनाइ उपलब्ध हुने तरकारीका टुक्रासंग मिसाई वा नमिसाई छुट्टै दालको मात्र पनि मस्यौरा बनाउन सकिन्छ/ मस्यौरा बनाउदा समेत सुकाउनु पर्ने हुन्छ तर बिस्तारै सुकाउन सकिन्छ र क्षति न्युनिकरण गर्न सकिन्छ /
• चाडै बिग्रिने टमाटर र अन्य तरकारी जस्ता उपजहरु तत्कालका लागि गुदी तथा चानामा परिरक्षी हाली जोगाएर पछी परिकार बनाउन सकिन्छ/ फलफुल प्रशोधन उद्योगले सस, जाम तथा अचार उत्पादन गर्नका लागि यस प्रकारको गुदी र तरकारीका चना कच्चा पदार्थको रुपमा खरीद गर्ने गर्दछन/ प्रारम्भिक प्रशोधन गर्ने बिधि र प्रयोग गरिने परिरक्षीहरु तथा फलफुल प्रशोधन उद्योगका सम्बन्धमा कृषकहरुले कृषि तथा खाध प्राबिधिकबाट परामर्श लिन सकिन्छ/
कृषि उपज संरक्षण तथा प्रशोधन सम्बन्धमा प्राबिधिक परामर्श लिनु परेमा वा खाद्य तथा पेय पदार्थको स्वच्छता तथा गुणस्तरमा शंका लागेमा उजुरी गर्नु परेमा तपसिलका सम्वन्धित खाद्य प्रविधि तथा गुण नियन्त्रणका कार्यालयहरुमा सम्पर्क गरौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण सम्वन्धि सुदुरपश्चिम क्षेत्रका निकायहरु र संपर्क ठेगाना १ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढी फोन ०९१५२२९७२, ९८५८४२२९७२ इमेल rftqc091(@gmail.com २ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, डडेलधुरा फोन ९८५८७७५००४ इमेल ftqcdo096ddl(@gmail.com ३ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दिपायल, डोटी, फोन ९८५८४८८४६५इमेल ftqcdivdoti(@gmail.com ४ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बैतडी फोन ९८५८७८२२४४इमेल [email protected] खाद्य स्वच्छता र गुणस्तर कायम गरौ/ हैजा तथा झाडापखालादेखि क्यान्सरसम्मका खाद्यजन्य रोगहरुबाट आफु पनि बचौ र अरुलाई पनि बचाऔ/