कैलाली। कैलालीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन् । आज साँझ ७ बजेको समयमा कैलालीको गोदावरी नगरपालिका १ का २१ बर्षीय नबिन सिंह मडै र गोदावरी नगरपालिका १२ का २८ बर्षीय जिवन खत्री लागुऔषध (खैरो हेरोईन) सहित पक्राउ परेका हुन्।
२१ बर्षीय मडैको सु.प.प्र.०१-११ प-३७४७ नम्बरको मोटरसाईकल जिवन खत्रीले चलाई दुबै जना धनगढीबाट अत्तरिया तर्फ जादै गर्दा १४ ग्राम ९२७ मिली ग्राम लागुऔषध (खैरो हेरोईन) सहित गोदावरी नगरपालिका ५ गेटाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।
लागुऔषध (खैरो हेरोईन) ओसार पसार भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले निजहरुलाई रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकलको सिट मुनी ३ वटा पोका बनाई राखेको अवस्थामा बरामद गरेको हो । उक्त मोटरसाईकल र उनीहरु दुबै लाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय मालाखेतीमा राखि थप अनुसन्धान कार्य भईरहेको कैलाली प्रहरीले जनाएको छ।