दार्चुला। दार्चुलाकाे खलंगा- दल्लेख, खार सडकअन्तर्गतको मालबेला क्षेत्रमा पहिरोका कारण सडक अवरुद्व भएको छ। त्यस्तै, काटै, मुल्ला, मैखोली, दल्लेकलगायत नौगाड गाउँपालिकाका विभिन्न ठाउँका सडक खण्ड अवरुद्ध भएका छन् ।
त्यस्तै उक्त पहिरोले सदरमुकाम खलंगालगायत क्षेत्रको खानेपानी अवरुद्ध भएको छ।त्यसैगरी, महाकाली नगरपालिका-८ स्थित असिगडामा राति खसेको पहिरोले अवरूद्व महाकाली राजमार्ग नौ बजेपछि खोलिएको छ । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनबीच बाटोमै रोकिएका थिए ।