धनगढी। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आज (सोमबार)देखि युवा महोत्सव सुरु भएको छ। महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैकाले गरेका थिए।
युवाहरुका लागी महोत्सवले सिकाइ र मनोरञ्जन दुवैलाई प्रदाने गर्ने भएकाले सुदुरपश्चिमका युवाहरुले यसको सदुपयोग गर्न उनले आग्रह गरे । सकारात्मक कुराले युवालाई अगाडी बढाउने र प्रदेशको सानका रुपमा अघि बढ्न सुझाब दिए । यस्कालागी मन्त्रालयले गनुपर्ने सहयोग गर्न तयार रहेको सामाजिक विकास राज्यमन्त्री रैकाको भनाई छ ।
सुदूरपश्चिम प्रदेश युवा परिषद्को आयोजनामा आजदेखि सुरु भएको महोत्सव ३ दिनसम्म लाग्ने छ।युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरका अनुसार सुदूरपश्चिम प्रदेशभरका युवाहरुको सहभागितामा उक्त महोत्सव आयोजना गरिएको जानकारी दिए। महोत्सवमा विभिन्न विषय तथा विधाका विज्ञ र कलाकारहरुको समेत उपस्थिती रहनुका साथै महोत्सवले सिकाइ र मनोरञ्जन दुवैलाई प्राथमिकतामा राखेको कुँवरले बताए। महोत्सवमा जलवायु परिवर्तन, लागुऔषध, निर्वाचनमा युवाको भूमिका तथा सहभागिता, समाजमा युवाको भूमिका लगायका विषयमा प्रशिक्षण समेत दिइने उनले बताए। तिन दिन सम्म हुने महोत्सवमा करिब ३०० जना युवाहरुको सहभागिता रहनेछन।भिडियोसहित
https://www.facebook.com/supamedia01/videos/773091627034688