कञ्चनपुर। शुक्लाफाटा नगरपालिकाका बिद्यार्थीलाई परिवार दलका नेता खडक नागरीको पहलमा शैक्षिक सामग्री बितरण गरिएको छ।
नेपाल परिवार दलका नेता नागरीको पहलमा र बोधित्सव बिहारको सहयोगमा शुक्ला फाटा नगरपालिका वडा न १ को जनचेतना आधारभुत बिधालयका विपन्न परिवारका बालबालिका बिधार्थीलाई ४० पिस स्कुल झोला वितरण गरिएको हो । नेपाल परिवार दलका सुदूरपश्चिम प्रदेश संयोजक खडक नागरीले ४० पिस स्कुल झोला वितरण गरिएको बताए ।कार्यक्रममा नेपाल परिवार दलका सुदूरपश्चिम प्रदेश सयोजक खडक नागरी, पिस फोर्सका केन्द्रीय सदस्य अजय जैरु लगायत कार्यक्रममा जनचेतना आधरभुत बिधालयका प्रधानध्यापक खडक नेपाली विद्यालय ब्याबस्थापन समितिका अध्यक्ष गोविन्द राज लाल डगौरा र अभिभावहरुको सहभागी रहेको पिस फोर्सका युवा नेता अजय जैरुको सहभागिता थियो।