कैलाली। कैलालीमा बाढीले काठेपुल बगाएको छ। कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ छटकपुर बसन्ता स्थित कटैनी नदिमा बनाएको काठेपुल बगाएको हो। शनिबार राति चुरे क्षेत्रमा परेको पानीले कटैनी नदिमा बाढी आएको हो ।
पुल बगाएपछि नदि वारपार गर्न समस्या भएको स्थानीय जीया चौधरीले बताए । खेतीपातीको समयमा पुल बगाएपछि नदि वारपार गर्न समस्या सृजना भएको उनले बताएका छन् ।