धनगढी। नेपाल परिवार दलको खडक नागरीको पहलमा र बोधिसत्वा बिहारको सहयोगमा धनगढी १९ का गरिब तथा एकता महिला किसानलाई झुल वितरण गरिएको छ।
आज परिवार दलका नागरीको पहल र बोधिसत्वा बिहारको सहयोगमा धनगढी उपमहानगरपालिका वडा १९ का गरिब तथा एकता महिला किसानलाई ५० झुल वितरण गरिएको हो। कार्यक्रममा परिवार दलका सुदूरपश्चिम प्रदेश खडक नागरी, पिस फोर्सका केन्द्रीय सदस्य अजय जैरु, धनगढी उपमहानगरपालिका वडा १९ का समाजसेवी बहादुर सिह तिरुवा लगायतको सहभागी रहेको थियो ।
यस फुलबारी वडामा अहिलेसम्म कुनै राजनीति दल वा सस्थाले सहयोग नगरेको र पहिलोपटक नेपाल परिवार दलले सहयोग गरेको भन्दै स्थानियले बताएका छन । नेता नागरीले आफु र पार्टीको तर्फबाट सो क्षेत्रका लागि सधै सहयोग गर्ने प्रतिबद्यता गरेका छन।