अछाम। अछामकोे चौरपाटी गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदको पहलमा विद्यालयलाई प्रविधीमैत्री डिभाईस बितरण गरिएको छ।
चौरपाटी गाउँपालिकाले विद्यालयलाई प्रविधीमैत्री बनाउने उदेश्यसहित गाउँपालिकाका ३६ ओटा आधारभुत बिद्यालयलाई प्रविधीमैत्री डिभाईस बितरण गरिएको हो ।
विद्यालयमा इन्टरनेट सेवा संचालन गर्नकालागि आवश्यक फोर जि,फाईभ जि(4G,5G ) मा आधारित तार रहित ईन्टरनेट सेवा नेपाल दुर सन्चार प्राधिकरणको आर्थिक सहयोग ,नेपाल टेलिकमको नेटवर्कको प्रयोग र शाग्रिला ईन्फरमेटिक्स प्रा.लिको प्राबिधिक सहयोगमा चौरपाटि गाउपालिका भरिका १ देखि ३, १ देखि ५ र १ देखि ८ सम्मकाम ३६ ओटा आधारभुत बिधालयमा २ एम्बि पिएसको ब्यवसायिक (corporate pack ) सहित आउटडोर डिभाईस र ईन्डोर डिभाईस शुक्रबार एक कार्यक्रमका बिच बितरण गरिएको छ ।पालिका भित्र फोन गर्दा पनि मोबाईल टावर नै नदिने ठाउमा सो डिभाईस परिक्षण गर्दा एकदमै राम्रो काम गरेकोले डिभाईस प्रदायक र नेपाल दुर सन्चार प्राधिकरण संग बिशेश पहलगरि सो सेवाउपल्ध गराउनु भएकोमा पालिका अध्यक्षको सम्पुर्ण ३६ ओटै आधारभुत बिधालयका प्रअहरुले प्रसंशा समेत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि चौरपाटि गाउपालिकाका अध्यक्ष भिम बहादुर साउदले बोल्दै बिधालयलाई सुचना प्रबिधि मैत्री बनाउदै लैजाने निति गाउपालिकाले अगालेको बताए। बिधालयको सिकाइ उपलब्धी बृद्धि गर्न सुचना प्रविधि विस्तार कोषे ढुंगा सावित गराउदै जाने प्रतिवद्धता गर्नुका साथै अहिले बितरण गरेको डिभाइसले दुर्गम क्षेत्रका बिधालयमा इन्टरनेटको पहुच बिश्वास ब्यक्त गरे। यो सुविधाको समुचित प्रयोग गर्न विधालयका प्रधानाध्यापकलाई आग्रह गरे। कार्यक्रममा गाउपालिका उपाअध्यक्ष सर देबि खड्का बिशिष्ट अतिथी रहेका थिए।
चौरपाटि गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापाले अब नेपाल सरकारको पेपरलेस र महामारि आउदा अनलाईन शिक्षा समेत आधारभुतमा पुगेको प्रति सबैलाई खुसि हुन र यसको उपयोग भरपुर गर्न सम्पुर्ण प्रध्यापकलाई र्निर्देशन दिएका छन् । शिक्षा शाखा प्रमुख रामचन्द्र जोशिले अब सम्पुर्ण आधारभुत बिधालयका सानासाना कामका लागि पालिका दौडिराख्नु नपर्ने भन्दै सोझै माग फारम हाजिरि पत्र लगायतका कागजात ईमेल बाट नै पठाउन र आफ्नो दुईचार घण्टा हिडेर आउने समयाअवधि बिधार्थिलाई दिन र प्र.अ बैठेक बाहेक अन्य दिन कहिल्यै पनि पालिका नआउनुपर्ने भन्दै हामिले बिहिबार सम्पन्न चौरपाटि गाउपालिको निति तथा कार्यक्रममा राखेको कुरा एक दिन नबित्दै यो सुवर्ण अवसर सम्पुर्ण स्कुललाई दिन पाएकोमा यसमा पहलगरि यहा सम्म पुर्याउन योगदान गर्नु भएकोमा नवनिर्वाचित अध्यक्ष भिम बहादुर साउदलाई हार्दिक कृतज्ञता समेत ब्यक्त गरे।
सोहि कार्यक्रममा सुचना तथा प्रबिधि अधिकृत मुकेश कुवरले सो Outdor 4g Router परिक्षण गर्दा 2g नेटको समस्या भएको ठाउमा पनि 4g नेट को राम्रो सिग्नल आएको हुदा पालिकाका सबै सामुदायिक संरचनामा ईन्टरनेटको पहुच पुगेको छ।अब हामि संचार क्षेत्रलाई प्रयोग गरि धेरै फाईदा लिनुपर्ने र मलाई र सम्पुर्ण संस्थाहरुलाई सहजभएको र भोलिका दिनमा कोरोना महामारी जस्ता रोग आउदा चौरपाटिका बिधार्थिहरु शिक्षाबाट बान्चित नहुने भन्ने धारणा राखे। प्राबिधिक सहयोगको रुपमा कृष्ण प्रसाद न्यौपानेले हामिलाई यो सेवा प्रदान गर्न मौका दिनुभएकोमा सम्पर्ण शाग्रिला इन्फरमेटिक्स प्रा.लीको परिवार र ब्याक्तिगत तर्फबाट गाउपालिकालाई धन्यबाद ज्ञापन गरे। आगामि दिनमा आफु र आफ्नो संस्थाबाट गर्न सक्ने थप सहयोगका लागि सदै तत्पर रहने प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा पालिका भरिका ३६ ओटा आधारभुत बिधालयका प्र.अहरुको उपस्थिती रहेको थियो। शिक्षा शाखा प्रमुख राम चन्द्र जोशिको अध्यक्षता भएको कार्यक्रमको सन्चालन केशब बिकले गरेका थिए ।