कञ्चनपुर। कञ्चनपुरमा चरेससहित एकजना ब्यक्ती पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी बिट सालघारीबाट खटिएको प्रहरी टोलीले भिमदत्त नगरपालिका १८ सालघारी स्थित नयाँ कटानको पक्की सडक खण्डबाट चरेससहित एक जनालाई पक्राउ गरेको हो।
भिमदत्त नगरपालिका ७ हल्दुखाल बस्ने २६ वर्षीय किशन दमाईलाई प्रहरीले पक्राउ गरेको हो।सो पक्की सडक खण्डमा शंकास्पद रुपमा उभिई राखेको दमाईलाई प्रहरीले शंका लागी खान तलासी गर्दा दाहिने हातको मुठ्ठी भित्र प्लाष्टिकको झिल्लीमा पोको पारी समाती राखेको अवस्थामा ४७.५५ ग्राम लागूऔषध (चरेस) बरामद गरिएको प्रहरीले जनाएको छ। लागूऔषध (चरेश)सहित गरिएका उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।