धनगढी। धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि एक अर्ब ८२ करोड रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ।
आज आठौँ नगर सभामा पेश हुने उपमहानगरपालिकाको बजेटको आकार आगामी आर्थिक वर्ष २०७९/७० मा एक अर्ब ८२ करोड रुपैयाँको हाराहारीमा प्रस्तुत हुने बताइएको छ। आज दिउँसो २ बजे उपप्रमुख कन्दकला रानाले सभामा पेश गर्न लागेको जनाइएको छ ।
उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ मा एक अर्व ८१ करोड २८ लाख २२ हजार एक सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो। यसअघि धनगढी नगर प्रमुख गोपाल हमालले सार्वजनिक जग्गा, खोलानाला, नदी अतिक्रमणलाई नियन्त्रण गर्दै अतिक्रमण व्यवस्थापन तथा व्यवस्थित वस्ती विकासलाई प्राथमिकता राखि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। यस्तै नगर प्रमुख हमालले प्राथमिकताका क्षेत्र रहेको भन्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।


